दफा ७६
अन्य आचरण
(१) कर्मचारीलेआफ्नो कार्यालयमा काम गर्दा सबैप्रति शिष्ट व्यवहार गर्नु पर्नेछ ।
(२) कर्मचारीले आफ्नो कार्यालय तथा पद अनुसार आइपर्ने जिम्मेवारीलाई मर्यादापूर्वक वहन गरी निष्पक्ष, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नु पर्नेछ ।
(३) कर्मचारीले कुनै पनि सरकारी सम्पत्ति घरायसी कार्यको लागि प्रयोग वा उपयोग गर्नु हुँदैन ।
(४) कर्मचारीले सरकारी राजस्वबाट तलब, भत्ता खाने गरी नियुक्त भएको कुनै पनि कर्मचारीलाई आफ्नो घरायसी काममा लगाउनु हुँदैन ।